ओलीको पक्राउको कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने एमालेको निर्णय

२०८२ चैत्र १४ शनिवार
सारांश
  • नेकपा एमालेले पुर्व प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय गरेको छ ।

काठमाण्डौ, १४ चैत्र । नेकपा एमालेले पुर्व प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै  दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय गरेको छ ।

 

शनिबार बिहान आकस्मिक रुपमा बसेको सचिवालय बैठकले ओलीको रिहाईको माग गर्दै यसको कानुनी र राजनीतिक रुपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

 

त्यस्तै एमालेले प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने र प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ ।

 

साथै एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने तथा नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने निर्णय गरेको सचिव बस्नेतले जानकारी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार