दाउन्ने सडक खण्डमा दुर्घटना: ३ जनाको मृत्यु, १९ जना घाईते
२०८२ चैत्र १४ शनिवार
- पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बतासेडाँडामा भएको उक्त दुर्घ!टनामा दुवै सवारीसाधन सडकबाट खस्दै खोलामा पुगेका छन् ।
बुटवल: नवलपरासीको दाउन्ने क्षेत्रमा काठमाडौंबाट रोल्पातर्फ जाँदै गरेको यात्रुबाहक बस र ट्रक ठोक्किँदा दुर्घटना भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बतासेडाँडामा भएको उक्त दुर्घ!टनामा दुवै सवारीसाधन सडकबाट खस्दै खोलामा पुगेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार दुर्घटनामा कम्तीमा तिन जनाको मृत्यु भएको छ भने १९ भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल परासीमा उपचारका लागि लगिएको छ ।
प्रहरीका अनुसार लु २ ख २३५१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ना ७ ख ९३८८ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करको प्रभावले दुवै सवारी नियन्त्रण बाहिर गई खोलामा खसेका थिए । दुर्घटनामा मृतकको बढ्न सक्ने आशंका गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’