महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने काँग्रेसको निर्णय
११ चैत्र, २०८२, बुधवार
- बुधबार बसेको केन्द्रीय समितिको बैठकले यस अघि सभापति गगन थापाले पेश गरेको महाधिवेशनको कार्यतालिकामा संशोधन गर्दै असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
काठमाडौं: नेपाली कांग्रेसले १५औँ महाधिवेशन अगामी असोज १६ देखि १९ गतेसम्म गर्ने भएको छ ।
बुधबार बसेको केन्द्रीय समितिको बैठकले यस अघि सभापति गगन थापाले पेश गरेको महाधिवेशनको कार्यतालिकामा संशोधन गर्दै असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । यस अघि सभापति थापाले भदौ २४, २५ र २६ मा गर्ने प्रस्ताव गरेका थिए ।
प्रवक्ता चालिसेले १५औँ महाधिवेशनको प्रक्रिया चैत २३ गतेदेखि सुरू हुने जानकारी दिदै २०८३ भदौ २ गतेदेखि वडा अधिवेशन, गाउँ तथा नगर अधिवेशन भदौ ७ मा हुनेगरी निर्णय गरिएको बताए ।
बैठकका बाँकी निर्णयहरू बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’