राष्ट्रपति समक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश
११ चैत्र, २०८२, बुधवार
- बुधबार प्रधानन्यायाधीश तथा न्याय परिषद् एवम् न्याय सेवा आयोगका अध्यक्ष राउतले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
बुधबार प्रधानन्यायाधीश तथा न्याय परिषद् एवम् न्याय सेवा आयोगका अध्यक्ष राउतले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा सर्वोच्च अदालतलगायत मातहत अदालत तथा न्यायाधिकरणहरूमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदन र प्रतिवेदनको संख्या १ लाख ६२ हजार ३४० र र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका २ लाख ३४ हजार २५३ गरी जम्मा मुद्दाको वार्षिक लगत ३ लाख ९६ हजार ५९३ रहेकोमा २ लाख ४७ हजार ३३ अर्थात् ६२. २९ प्रतिशत मुद्दा फछ्यौट भएको उल्लेख छ । अझै एक लाख ४९ हजार ५६० मुद्दा बाँकी रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’