टुँडिखेलमा घोडेजात्रा समारोह सम्पन्न, राष्ट्रपति र प्रधानमन्त्रीसहित विशिष्टहरु सरिक

४ चैत्र, २०८२, बुधवार
सारांश
  • काठमाडौँ उपत्यकामा मनाइने यस प्रसिद्ध जात्राका अवसरमा नेपाली सेनाको क्याभलरीले घोडा दौड तथा अश्वकलाहरु प्रदर्शन गर्नुका साथै भैरव वाहन गुल्मका कुकुरहरुका पनि विभिन्न प्रस्तुति रहेका थिए ।

काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्की आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित घोडेजात्रा समारोहमा सरिक भएकी छन् ।

 

काठमाडौँ उपत्यकामा मनाइने यस प्रसिद्ध जात्राका अवसरमा नेपाली सेनाको क्याभलरीले घोडा दौड तथा अश्वकलाहरु प्रदर्शन गर्नुका साथै भैरव वाहन गुल्मका कुकुरहरुका पनि विभिन्न प्रस्तुति रहेका थिए ।

 

समारोहमा जीवित देवी कुमारी, राष्ट्रपति, उपराष्ट्रपति लगायत विभिन्न उच्च पदस्थ अधिकारी, कूटनीतिज्ञहरुले पनि समारोह अवलोकन गरेका थिए ।

 

कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो । हरेक वर्ष चैत कृष्ण औँसीका दिन यो पर्व मनाउने गरिन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार