रास्वपाका नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम आज सकिँदै
२०८२ चैत्र ०४ बुधवार
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिवसीय अभिमुखीकरण कार्यक्रम आज समापन हुँदैछ ।
काठमाण्डौ, ०४ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिवसीय अभिमुखीकरण कार्यक्रम आज समापन हुँदैछ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम मंलगबारदेखि शुरु भएको थियो ।
आज हुने समापन कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसमेत सहभागी हुनसक्ने उपसभापति डिपी अर्यालले जानकारी दिएका छन् ।
अभिमुखीकरण कार्यक्रममा समुहमा छलफल, संसदको संरचना, अधिकार र जिम्मेवारी बारे प्रशिक्षण, कानुन निर्माणको प्रक्रियामा सांसदको भूमिका, चुनावी प्रतिवेदन प्रस्तुत र छलफल, विभिन्न विषय विज्ञहरुको प्रस्तुति लगायतका कार्यक्रम रहेको जानकारी दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’