- उनले जनताले रास्वपालाई अति मन पराएर मात्र मत नदिएको भन्दै विगतमा पुराना दलले गरेको कामबाट निराश भएर तथा वरिष्ठ नेता बालेन शाह र सभापत रवि लामिछानेप्रति जनताले देखाएको विश्वास समेत भएको बताएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले जनादेशपछि जनताको अपेक्षाअनुसार अब बन्ने सरकारले काम गर्ने बताएका हुन् ।
आजदेखि शुरु भएको नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्याल जनताको अपेक्षा अनुसारको काम गर्नुपर्ने समय आएको बताएका हुन् ।
उनले जनताले रास्वपालाई अति मन पराएर मात्र मत नदिएको भन्दै विगतमा पुराना दलले गरेको कामबाट निराश भएर तथा वरिष्ठ नेता बालेन शाह र सभापत रवि लामिछानेप्रति जनताले देखाएको विश्वास समेत भएको बताएका छन् ।
उपसभापति अर्यालले आफुहरुका हरेक गतिबिधिलाई जनताले हेरिरहेको भन्दै इतिहास लेख्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । उनले सबै नवनिर्वाचित सांसदहरुलाई आफ्नो जिम्मेवारी निभाउन तयार हुन आग्रह गरेका छन् ।
आपसी खिचातानीमा नअल्मल्लिएर जिम्मेवारी निभाउनु पर्ने आवश्यकता भएको भन्दै उनले कार्यक्रममा सिकेका कुरा व्यबहारमा लागु गर्नुपर्नेमा जोड दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’