ज्ञानेन्द्र शाहीको चुनावी खर्च २० लाख ५५ हजार

२९ फाल्गुन, २०८२, शुक्रवार
सारांश
  • शाहीले चुनावमा २० लाख ५५ हजार रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका हुन् ।

काठमाडौं: जुम्लाबाट  प्रतिनिधिसभामा निर्वाचित राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

 

शाहीले चुनावमा २० लाख ५५ हजार रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका हुन् । उनले सवारी साधन र इन्धनमा सबैभन्दा बढी ५ लाख ९० हजार खर्च भएको उल्लेख गरेका छन् भने पालिका स्तरीय भेटघाट र आमसभामा ३ लाख ५० हजार, स्पिकर, मिडिया र स्टेसनरीमा ३ लाख, पालिका स्तरीय घरदैलोमा २ लाख ८० हजार, जिल्ला स्तरीय आमसभा २ लाख २५ हजार, ब्यानर र नमुना मतपत्रमा २ लाख २० हजार, युवा परिचालनमा ८० हजार र मनोनयन दर्तामा १० हजार खर्च भएको विवरण पेश गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार