सुर्य थापाको चुनावी खर्च २४ लाख

२०८२ फागुन २८ विहीवार
सारांश
  • थापाले चुनावमा २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका हुन् ।

काठमाडौँ: नेकपा एमालेका नेता सुर्य थापाले चुनावी खर्च विवरण सार्बजनिक गरेका छन् ।

 

प्युठानबाट चुनाव लडेका थापा यस पटक तेस्रो भएका थिए । थापाले चुनावमा २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका हुन् ।

 

उनले इन्धन खर्च ४ लाख ५० हजार ३९०, सवारी साधनमा २ लाख ९० हजार, प्रचार प्रसार सामाग्रीमा ७५ हजार ४००, खाद्यान्न र आवास मा २ लाख ५५ हजार, वडा स्तरीय कार्यक्रम, ६ लाख ४० हजार, नमुना मत पत्र छपाईमा ९५ हजार, विवधमा ४ लाख ५९ हजार ६००, कार्यालय संचालनमा एक लाख ३५ हजार खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार