जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ : गृहमन्त्री
काठमाण्डौ, २३ फाल्गुण ।
- गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका छन् ।
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका छन् ।
शनिबार साँझ बानेश्वरमा जेनजी शहीदको सम्झनामा दीप प्रज्ज्वलन कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा सहभागी भई ज्यान गुमाएका साहसी योद्धा तथा अमर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे । उनले जेनजी विद्रोहले तत्कालीन शासकहरूको सत्ता खोसेको उल्लेख गर्दै अहिले देखिएको राजनीतिक परिवर्तनको जग पनि त्यही जनआन्दोलन रहेको बताए ।
‘जेनजी विद्रोहले तत्कालिन शाषकहरुको सत्ता खोसेको थियो । र विद्रोहबाट खोसिएको सत्ता आज वैधानिकरुपमा पनि खोसिन गईरहेको छ । मत परिमाणले देखाएको छ । यसको जग जेनजी जनआन्दोलन हो,’ उनले भने ।
गृहमन्त्री अर्यालले जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्ने विश्वास व्यक्त गरे । ती माग पूरा गराउन आफूहरू निरन्तर खबरदारी गर्ने उनको भनाइ थियो ।
‘जेनजीले उठाएका मागहरु आउने सरकारले पूरा गर्नेछ र त्यो पूरा गराउनको लागि हामी खवरदारी गर्नेछौँ । हामी हिजो पनि सडकमा थियौं । कोही साथि आफ्नो जिम्मेवारी पूरा गर्न सरकारमा गए पनि फर्किएर सडकमा नै आउने हो । सडकबाट फेरी पनि सरकारलाई सहयोग पनि गर्छौँ र खवरदारी पनि गर्छाँै,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।