४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत
काठमाण्डौ, २३ फाल्गुण ।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत झापा क्षेत्र नं ५ का उम्मेदवार बालेन शाह भारी मतकासाथ विजयी भएका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत झापा क्षेत्र नं ५ का उम्मेदवार बालेन शाह भारी मतकासाथ विजयी भएका छन् । बालेनले ६८ हजार ३४८ मत ल्याउँदै झापाबाट विजय भएका हुन् । बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मत अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । बालेनका निकटतम प्रतिस्पर्धी ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन् । यसैगरी उक्त क्षेत्रमा नेपाली कांग्रेसकी मंधरा चिमोरियाले १८२१ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले १४६१ मत प्राप्त गरेका छन् ।
ओलीको पक्कड क्षेत्र मानिने यो क्षेत्रमा बालनेको जितलाई देशभरकै रोमाञ्चक जितको रुपमा हेरिएको छ । ओलीले संसदीय चुनावमा पराजय खेपेको यो दोस्रोपटक हो । योभन्दा अघि झापाका विभिन्न क्षेत्रबाट उनले ६ पटक जित हासिल गरेका थिए ।
ओली लामो समयदेखि नेपालको प्रमुख राजनीतिक व्यक्तित्वका रूपमा स्थापित छन् । उनी यसअघि दुई पटक नेपालका प्रधानमन्त्री भइसकेका छन् र एमालेका अध्यक्षका रूपमा राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आएका छन्। त्यसैले पनि ओलीको राजनीतिक प्रभाव रहेको क्षेत्रमा बालेन शाहको जितलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यो निर्वाचनमा विजयी भएसँगै शाह पहिलो पटक संसदीय यात्रामा सफल भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजय हासिल गर्दै उनले संघीय संसदतर्फ आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् ।
स्वतन्त्र उम्मेदवारका रूपमा स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको नेतृत्व सम्हालेर चर्चा कमाएका शाह अहिले राष्ट्रिय राजनीतिमा प्रवेश गर्न सफल भएका छन् ।
युवापुस्तामाझ लोकप्रिय छवि बनाएका शाहको जितलाई नयाँ पुस्ताको राजनीतिक सहभागिता र परिवर्तनको संकेतका रूपमा हेरिएको छ । उनको विजयसँगै स्वतन्त्र राजनीतिप्रति जनतामा बढ्दो विश्वास देखिएको विश्लेषण पनि गर्न सकिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।