समानुपातिकमा पनि रास्वपा अगाडी, कसले कति पाए ?

काठमाण्डौ, २३ फाल्गुण ।
सारांश
  • प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने संकेत देखिएको छ ।

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने संकेत देखिएको छ ।

 

समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म ७ लाख ६७ हजार ८०१ मत गणना भएको छ । जसमा रास्वपाले ४ लाख २ हजार ५५५ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ५२.४ प्रतिशत रहेको छ । 

 

त्यस्तै, नेपाली कांग्रेसले एक लाख ३० हजार ६८८ मत अर्थात १७ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै, तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले एक लाख १ हजार ६०० अर्थात् १३.१ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ४८ हजार ८८ मत प्राप्त गरेको छ भने राप्रपाले २९ हजार ६४२ मत पाएको छ भने त्यस्तै श्रम संस्कृति पार्टीले १३ हजार ९१५ मत पाएको छ उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले १० हजार ७२२ मत प्राप्त भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार