६० प्रतिशत मतदान भएको आयोगको प्रारम्भिक अनुमान

२०८२ फाल्गुण २१ विहीवार
सारांश
  • निर्वाचन आयोगले मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जानकारी दिएको छ ।

काठमाडौं । निर्वाचन आयोगले मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जानकारी दिएको छ ।

 

मतदान सम्पन्न भए लगत्तै आयोगले पत्रकार सम्मेलन गरेर आजको मतदानमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको बताएको हो ।

 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको अनुमान रहेको बताउदै विवरण संकलन गर्ने क्रम जारी रहेको बताएका छन् ।

 

भण्डारीले केहि मतदान केन्द्रमा मतदान जारी रहेको र छिटफुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको बताए । उनले मतपेटिका संकलन भएपछि तत्काल देखि नै मतगणना शुरु हुने उनले बताए । त्यस्तै आयोगले दुर्गमका १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट संकलन गर्ने कार्य शुरु भइसकेको जानकारी दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार