मौन अवधिको कडाइका साथ लागू गर्न आयोगको आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन
२०८२ फाल्गुण १८ सोमवार
- आचारसंहिता वा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीत कुनै गतिविधि भेटिएमा जिल्ला आचारसंहिता अनुगमन समितिसँग समन्वय गरी कानुनअनुसार कारबाही गर्न भनिएको छ ।
काठमाडौँ: आज राति १२ बजेदेखि सुरु हुने निर्वाचन प्रचारको मौन अवधिलाई कडाइका साथ लागू गर्न निर्वाचन आयोगले आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ ।
संवत् २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन आचारसंहिता, २०८२ कार्यान्वयन गराउन दफा ३२ अनुसार सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक-फरक जिम्मेवारीसहित आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
आयोगका अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म सबै पक्षले आचारसंहितामा तोकिएका नियम कडाइका साथ पालना गर्नुपर्नेछ र विशेष गरी दफा १७ र दफा १८ मा उल्लेखित मौन अवधिसम्बन्धी प्रावधानको जिल्लास्तरमा सूक्ष्म अनुगमन गर्न निर्देशन दिइएको छ ।
आचारसंहिता वा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीत कुनै गतिविधि भेटिएमा जिल्ला आचारसंहिता अनुगमन समितिसँग समन्वय गरी कानुनअनुसार कारबाही गर्न भनिएको छ ।
प्रचारप्रसार निषेध अवधिमा कानुनले रोक लगाएका काम नगर्न र नगराउन आयोगले सबै पक्षलाई आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।