एक्लै गर्न सक्छु भन्ने प्रवृतिले देशलाई फेरी दुर्घटनामा लैजान्छ- गगन थापा
२०८२ फाल्गुण १५ शुक्रवार
- नेपाली काँग्रेसका सभापति गगन थापाले देशका सबै समस्या एक्लै समाधान गर्न नसकिने बताएका छन् ।
बुटवल, १५ फाल्गुण । नेपाली काँग्रेसका सभापति गगन थापाले देशका सबै समस्या एक्लै समाधान गर्न नसकिने बताएका छन् ।
रुपन्देहीको बुटवलमा आयोजित काँग्रेसको चुनावी सभामा बोल्दै सभापति थापाले मैले एक्लै गर्न सक्छु भन्ने प्रवृतिले देशलाई फेरी दुर्घटनामा लैजाने दाबी गरेका हुन् ।
सभापति थापा काँग्रेसले देश सम्हाल्ने भन्दै देशलाई सम्हाल्दै गर्दा देशलाई विकासको नयाँ युगमा लैजाने बताए ।
उनले विकास भनेको पूर्वाधार मात्र नभएको भन्दै यसको जरासम्म पुग्नुपर्ने र समस्याको समाधान एउटा व्यक्ति हो भनेर नहुने बताए । उनले देश भित्रै केहि गर्छौं भनेर लागिरहेको भन्दै प्रणाली नबनाएसम्म देश विकास गर्न नसकिने दाबि गरे । उनले भने- 'पाँच बर्ष देशले गति पक्डिन्छ, ग्यारेन्टी पकडन्छ, गुड्छ, कुद्छ, तर गुड्दै गर्दा कुददैगर्दा अर्को ग्यारेन्टी पनि के चाहिएको छ, यसले गाडी दुर्घटनामा पार्दैन । त्यसैले हामी स्पिडमा लैजान्छौं तर सुझ बुझका साथमा, हाम्रो गाडीमा सबैलाई हालेर लिएर जान्छौं ।'
उनले चर्को कुरा गरेर मात्र नहुने बताउदै सन्तुलन मिलाएर अगाडी लैजाने ताकत नेपाली काँग्रेससँग भएको बताए ।
सभापति थापाले नेता कार्यकतालाई सामाजिक सञ्जालमा मात्र नअलमलिन आग्रह गर्दै घर घरमा गएर मतदातालाई बदलिएको काँग्रेसको बारेमा बुझाउन निर्देशन समेत दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।