परराष्ट्रमन्त्री शर्मासँग राष्ट्रसंघकी नयाँ आवासीय संयोजक याहियाको शिष्टाचार भेटवार्ता
१४ फाल्गुन, २०८२, बिहिवार
- विहिबार परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ । परराष्ट्रमन्त्री शर्माले याहियालाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौँ: परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि नियुक्त संयुक्त राष्ट्रसंघकी नयाँ आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
विहिबार परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ । परराष्ट्रमन्त्री शर्माले याहियालाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।
त्यसैगरी, आवासीय संयोजक याहियाले सिंहदरबारस्थित मन्त्रालयमा परराष्ट्र सचिव अमृत बहादुर राईसँग पनि शिष्टाचार भेट गरेकी थिइन् । भेटका अवसरमा परराष्ट्र सचिव राईले उनको नियुक्तिप्रति बधाई दिँदै नेपाल र संयुक्त राष्ट्रसंघबीचको दीर्घकालीन साझेदारीको प्रशंसा गरेका थिए ।
भेटवार्तामा विकास सहकार्य, दिगो विकास लक्ष्य कार्यान्वयन तथा आगामी सहकार्यका प्राथमिकताबारे समेत विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।