नेकपाको अपिल- देशको अवस्था परिवर्तन गर्ने अवसर दिन आग्रह
१४ फाल्गुन, २०८२, बिहिवार
- पार्टीले २२ वटा कम्युनिष्ट तथा समाजवादी समूह एकीकृत भई तारा चुनाव चिन्हमार्फत निर्वाचनमा सहभागी भएको बताउदै राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।
काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचन- २०८२ लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीले आफ्नो चुनावी अपिल सार्वजनिक गरेको छ ।
पार्टीले २२ वटा कम्युनिष्ट तथा समाजवादी समूह एकीकृत भई तारा चुनाव चिन्हमार्फत निर्वाचनमा सहभागी भएको बताउदै राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।
संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले जारी गरेको अपिलमा संविधान जनताको संघर्षबाट प्राप्त उपलब्धि भएकाले यसको प्रभावकारी कार्यान्वयन र आवश्यक सुधार संवैधानिक प्रक्रियाअनुसार गरिनुपर्ने धारणा पनि अपिलमा उल्लेख गरिएको छ ।
चुनावी घोषणामा भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना, पारदर्शिता प्रवर्द्धन तथा सार्वजनिक पदधारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने योजना अघि सारिएको छ। साथै खर्चिलो र जटिल निर्वाचन प्रणाली सुधार गरी स्थिर सरकार निर्माणको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
पार्टीले कृषि, उद्योग, ऊर्जा र पर्यटन क्षेत्रको विकासमार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिने जनाएको छ। सामाजिक विभेद, छुवाछुत, अन्धविश्वास तथा असमानताको अन्त्य गर्दै शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गर्ने समाजवाद उन्मुख आर्थिक- सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्ने लक्ष्यसमेत प्रस्तुत गरिएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा देशको अवस्था परिवर्तन गर्ने अवसर दिन मतदातासँग पार्टीले आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।