चुनाव प्रचारप्रसार अवरोध नगर्न आयोगको चेतावनी

२०८२ फाल्गुण १३ बुधवार
सारांश
  • निर्वाचन आयोगले सबै राजनीतिक दल, उम्मेदवार, सरोकारवाला र आम नागरिकलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा प्रचारप्रसार गर्ने वातावरण बनाउन सचेत रहन आग्रह गरेको छ।

काठमाण्डौ, १३ फाल्गुण । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारमा अवरोध पुर्‍याउने कुनै पनि व्यक्ति वा समूहविरुद्ध निर्वाचन आयोगले कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

 

आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार कुनै पनि दल, उम्मेदवार वा भातृ संगठनले आयोजना गरेको जुलुस, बैठक, कोणसभा वा अन्य कार्यक्रममा बाधा पुर्‍याउन नहुनेछ। उल्लंघन भएमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ ।

 

निर्वाचन आयोगले सबै राजनीतिक दल, उम्मेदवार, सरोकारवाला र आम नागरिकलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा प्रचारप्रसार गर्ने वातावरण बनाउन सचेत रहन आग्रह गरेको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार