प्रधानमन्त्री कार्कीबाट समाज कल्याण परिषद्को डिजिटल सेवा प्रणाली शुभारम्भ

१२ फाल्गुन, २०८२, मगलवार
सारांश
  • प्रधानमन्त्री कार्कीले सामाजिक सेवा विकास सहायताको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै समाजका सबै वर्गलाई विकासको मूलधारमा समेट्नु राज्य र नागरिक संस्थाको साझा दायित्व भएको बताइन् ।

काठमाडौँ:  प्रधानमन्त्री सुशिला कार्कीले ललितपुरमा आयोजित एक समारोहबीच समाज कल्याण परिषद्को डिजिटल सेवा प्रवाह प्रणाली शुभारम्भ गरेकी छन् । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले प्रविधिमैत्री प्रणालीले सेवाग्राहीलाई छिटो, छरितो र पारदर्शी सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेकी थिइन् ।

 

प्रधानमन्त्री कार्कीले सामाजिक सेवा विकास सहायताको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै समाजका सबै वर्गलाई विकासको मूलधारमा समेट्नु राज्य र नागरिक संस्थाको साझा दायित्व भएको बताइन् । उनले गैरसरकारी संघ–संस्थाले स्वास्थ्य, शिक्षा, सशक्तीकरण, गरिबी निवारण र विपद् व्यवस्थापनलगायत क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको धारणा राखिन् ।

 

नयाँ प्रणालीमार्फत गैरसरकारी संस्थाको कार्यसम्पादन र विकास सहायतासम्बन्धी एकीकृत तथ्यांक तयार हुने तथा अनुगमन प्रक्रिया थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ । परिषद्लाई नियमन, सहजीकरण र मूल्यांकन कार्यमा थप सक्षम बनाउन आवश्यक पूर्वाधार र स्रोतसाधन उपलब्ध गराउनुपर्नेमा पनि जोड दिइएको छ ।

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार