अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन सक्दैन : ओली
२०८२ फाल्गुण ११ सोमवार
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति, सुशासन र विकास सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् ।
काठमाण्डौ, ११ फाल्गुण । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति, सुशासन र विकास सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् ।
नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणा सभामा बोल्दै उनले देशमा शान्ति, सुशासन र विकास चाहने शक्तिहरुले विशेष ख्याल गर्नुपर्ने बताए । उनले राज्य संयन्त्रमा मात्रै भर परेर जनशक्तिको अर्थ बुझेनन् भने, अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन नसक्ने पनि बताए ।
उनले भने, ‘नेकपा एमाले देशमा शान्ति चाहन्छ । एमालेले देश पहिले भन्छ । देशमा सुशासन र विकासका लागि लोकतान्त्रि प्रणाली र त्यस अन्तरगतका प्रयासहरुलाई अगाडि बढाउनुपर्छ । राज्य संयन्त्रमाथि मात्रै जनता भरपर्यो भने, राज्य संयन्त्रमाथि मात्रै देशभक्त शक्तिहरु भर पर्यो भने, राज्य संयन्त्रमाथि मात्रै लोकतान्त्रिक शक्तिहरु भर परे भने, प्रगतिवादी शक्तिहरु भर परे भने देशमा शान्ति, सुशासन र विकास चाहने शक्तिहरु राज्य संयन्त्रमा मात्रै भर परेर जनशक्तिको अर्थ बुझेनन् भने अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन सक्दैन ।’
साथै, उनले नेकपा एमाले शान्ति चाहने र पहिले देश चाहने पार्टी भएको बताए । उनले विगतमा भएको हिंसात्मक घटनाको स्मरण गर्दै घर, कार्यालय, संसद भवन र सर्वोच्च अदालत जलेको बताए ।
उनले विगतमा भएको हिंसात्मक घटनाको स्मरण गर्दै भने, ‘हाम्रा घर, कार्यालय, संसद र सर्वोच्च अदालत जले। सिंहदरवारमा आक्रमण भयो । नगरपालिका, गाउँपालिकाहरु, उद्योग र रोजगारीका अवसरहरु नष्ट भए । अब हामी कसैलाई पनि यस्तो अनुमति दिने छैनौं । सर्वोच्च अदालत, प्रहरी कार्यालय वा सिंहदरवारमा आक्रमण गर्न दिइने छैन ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।