मोरङ २ मा डा. मिनेन्द्र रिजाललाई चुनावी चटारो, समुन्नत र सुशासनयुक्त नेपाल निर्माणको प्रतिबद्धता
२०८२ फाल्गुण ११ सोमवार
- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार डा.मिनेन्द्र रिजालले आफ्नो भिजन प्रस्तुत गरेका छन् ।
काठमाण्डौ, ११ फाल्गुण । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार डा.मिनेन्द्र रिजालले आफ्नो भिजन प्रस्तुत गरेका छन् ।
डा. रिजालले जनतालाई सम्मानित जीवन, सपना देख्न सक्ने अवसर, रोजगारी र सम्पत्ति सिर्जना, पेटभरी खाने व्यवस्था जस्ता प्राथमिकताहरू सुनिश्चित गर्ने लक्ष्य राखेका छन् ।
किसानलाई चिनाउने र प्रोत्साहन दिने नेपाल, बेथिति र हैरानीबाट मुक्त, विधिसम्मत शासनको नेपाल, छोराछोरी पढाउन आर्थिक भार नपर्ने व्यवस्था, मौलिकतामा गर्व गर्ने, आधुनिक र ओखती–ओत दिने नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी र समुन्नत राष्ट्र उनले आफ्नो भिजनमा समेटेका छन् ।
डा.रिजालले आगामी निर्वाचनमा मोरङ–२ का नागरिकहरूलाई जनताको समर्थनसहित विजयी बन्ने आकांक्षा व्यक्त गर्दै समुन्नत र सुशासनयुक्त नेपाल निर्माणको प्रतिबद्धता जनाएका छन् ।
रिजालले पछिल्लो समय चुनावी अभियानलाई तिब्रता दिंदै अन्य दलका कार्यकर्ताहरुलाई कांग्रेसमा भित्र्याइपनि रहेका छन् । मतदाताको आवाज सुन्ने, साथ दिने प्रतिबद्धता व्यक्त गर्ने र समस्या समाधानका लागि व्यवहारिक सुझाव संकलन पनि गरिएका छन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका डा.रिजाल अनुभवी, जनतामैत्री र उत्तरदायी नेताका रूपमा परिचित छन् ।
त्यसपश्चात २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट नेपाली कांग्रेसकी उम्मेदवार सुजता कोइराला प्रतिनिधिसभा चुनावमा सहभागी भएकी थिइन्, जहाँ उनी नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन् ।
अघिल्लो निर्वाचनको परिणामलाई आत्मसात गर्दै यसपटक डा.रिजाल जनताको विश्वास जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् । आम संचारमाध्यमहरुका उत्तिसारो नदेखिका डा.रिजाल चुपचाप चुनावी अभियान चलाइरहेका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’