कांग्रेसले काम गर्छ,अरुले गफ गर्छन् र नयाँ दलहरु हराएर जान्छन् : डा. प्रकाश शरण महत
१० फाल्गुन, २०८२, आइतवार
- दुप्तेश्वर गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै डा।महतले आफू उर्जा र अर्थमन्त्री रहँदा जिल्लाको विकासका लागि उल्लेख्य बजेट भित्र्याएकाले आफूलाई विजयी गराउन आग्रह गरे ।
नुवाकोट: नेपाली कांग्रेसतर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा।प्रकाश शरण महतले आफू काम गर्ने व्यक्ति भएको भन्दै विजयी गराउन आग्रह गरेका छन् ।
दुप्तेश्वर गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै डा।महतले आफू उर्जा र अर्थमन्त्री रहँदा जिल्लाको विकासका लागि उल्लेख्य बजेट भित्र्याएकाले आफूलाई विजयी गराउन आग्रह गरे ।
‘गोल्फू भन्ज्याङ, ओडारे क्षेत्रको बाटो मेरै पालामा बनेको हो । त्यसबाहेक स्कूल, स्वास्थ्य चौकी, खानेपानी साथै विजुली नबलेको ठाउँमा मेरै पालामा काम भएको हो । म काम गर्ने व्यक्ति हुँ, अरुले धेरै कुरा गरे काम गरेनन् । एक पटक डा.रामशरण महतलाई एमाले–माओवादी गठबन्धन गरेर काम गर्ने व्यक्तिलाई हराइयो । उहाँलाई हराएकाले विकासको काम बन्द भयो । पछि फेरि हामीले पनि गठबन्धन गरेर ठाउँ छाड्यौं । तर विकासको काम भएन,’ उनले भने,‘नयाँ दलले त के गर्नु, कुन दुलोबाट आउँछन् कता हराउँछन् थाहा छैन् ।’
पूर्वअर्थमन्त्री समेत रहेका उनले रोकिएका विकासका कामहरुले अब निरन्तरता दिने बताए । उनले जनताको आशा र भरोसालाई केन्द्रमा राखेर सहकार्य, सम्मान र जिम्मेवारीका साथ समुन्नत नुवाकोट निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।