कांग्रेस उम्मेद्वार प्रदीप पौडेलले बढाए चुनावी सक्रियता
२०८२ फाल्गुण ०९ शनिवार
- टोलीले नागरिकका गुनासा, सुझाव र अपेक्षाबारे जानकारी लिएका थिए ।
नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं ५ बाट उम्मेदवार बनेका प्रदीप पौडेलले शनिबार विहान टोखा नगरपालिका वडा नम्बर ४ मा घरदैलो कार्यक्रम गरेका छन् । पौडेलसहितको टोलीले वडा नं ४ का विभिन्न टोलमा घरदैलो गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट र संवाद गरेका हुन् । टोलीले नागरिकका गुनासा, सुझाव र अपेक्षाबारे जानकारी लिएका थिए ।
मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव समेत संकलन गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’