रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा काँग्रेसमा प्रवेश
६ फाल्गुन, २०८२, बुधवार
- रास्वपाको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले आजै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएर नेपाली काँग्रेसमा प्रवेश गरेकी हुन् ।
जनकपुरधाम: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी छोडेर काँग्रेस प्रवेश गरेकी छन् ।
रास्वपाको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले आजै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएर नेपाली काँग्रेसमा प्रवेश गरेकी हुन् ।
उनलाई काँग्रेस सभापति गगन थापाले जनकपुरधाममा आयोजित पार्टीको प्रतिज्ञा सभामा नै पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै शर्माले परिवर्तनको नाम दिएर भ्रष्टचारी र बदनामले पार्टी चलाएको बताउदै उनले परिवर्तन भएर आएको काँग्रेसमा आफु आएको बताएकी छन् ।
उनले यसअघि संगठनमा दिनरात खटिएका कार्यकर्ताको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएको आरोप लगाउदै सबै क्रियाकलापहरुको साक्षी बसेर अब मौन रहिरहन असमर्थ रहेको भन्दै पार्टीको साधारण सदस्य नरहने गरि राजीनामा दिएको घोषणा गरेकी थिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’