दाङ-२ मा प्रलोपाको एमाले उम्मेदवार शंकर पोखरेललाई समर्थन
२०८२ फाल्गुण ०६ बुधवार
- दाङ- २ मा नेपाली कांग्रेस का किरणकिशोर घिमिरे, नेपाल कम्युनिस्ट पार्टीका निर्मल आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य मुख्य प्रतिस्पर्धामा छन् ।
बुटवल: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ-२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले नेकपा एमालेका उम्मेदवार महासचिव शंकर पोखरेललाई समर्थन गर्ने निर्णय गरेको छ ।
प्रलोपा र एमालेबीच भएको सहमतिअनुसार कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा आपसी सहयोग गर्ने समझदारी बनेको थियो । सोहीअनुसार दाङका तीनै क्षेत्रमा प्रलोपाले प्रत्यक्षतर्फ एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको हो ।
दाङ- २ मा प्रलोपाबाट उम्मेदवार रहेका प्रतिक अधिकारीको उम्मेदवारी निष्क्रिय गर्दै एमाले उम्मेदवारलाई समर्थन गरिएको छ भने दाङ- ३ मा प्रलोपाका घनश्याम डाँगीको उम्मेदवारी यसअघि नै निष्क्रिय गरी एमाले उम्मेदवार घनश्याम पाण्डेलाई सघाउने निर्णय गरिएको थियो । त्यस्तै प्रलोपाले दाङ- १ मा भने उम्मेदवारी दर्ता नै गरेको थिएन ।
दाङ- २ मा नेपाली कांग्रेस का किरणकिशोर घिमिरे, नेपाल कम्युनिस्ट पार्टीका निर्मल आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य मुख्य प्रतिस्पर्धामा छन् ।
यस क्षेत्रबाट अघिल्लो चुनावमा तत्कालिन माओवादी केन्द्रबाट काँग्रेसको समर्थनमा उम्मेदवार बनेकी रेखा शर्मा विजयी भएकी थिइन् । उनी यस पटक उम्मेदवार बनेकी छैनन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।