नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव राईले भाग लिदै

४ फाल्गुन, २०८२, सोमवार
सारांश
  • बैठकमा नेपाल-पोर्चुगलबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गरिनुका साथै साझा चासोका क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यका विषयमा छलफल हुने जनाइएको छ ।

काठमाडौँ: परराष्ट्र सचिव अमृतबहादुर राई नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक सह-अध्यक्षता गर्न पोर्चुगल प्रस्थान गर्दैछन् । उक्त बैठक फेब्रुअरी २०, २०२६ मा लिस्बनमा आयोजना हुने कार्यक्रम छ ।

 

राईको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू, पोर्चुगलका लागि नेपाली राजदूत तथा दूतावासका अन्य अधिकारीहरू सहभागी रहनेछन् । उनी मंगलबार त्यसतर्फ जाने मन्त्रालयले जानकारी दिएको छ  । 

 

बैठकमा नेपाल-पोर्चुगलबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गरिनुका साथै साझा चासोका क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यका विषयमा छलफल हुने जनाइएको छ ।

 

लिस्बन भ्रमणका क्रममा परराष्ट्र सचिव राईले पोर्चुगलको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने, नवस्थापित नेपाली दूतावासको औपचारिक उद्घाटन गर्ने तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । हाल पोर्चुगलमा करिब ४० हजारभन्दा बढी नेपाली विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेको अनुमान गरिएको छ ।

 

नेपाल र पोर्चुगलबीच द्विपक्षीय परामर्श संयन्त्र सन् २०१८ मा स्थापना गरिएको थियो। परराष्ट्र सचिव राई फेब्रुअरी २२, २०२६ मा काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार