चर्चित निर्वाचन क्षेत्र: ललितपुर- ३ को चुनावी अंकगणित, तोसिमालाई कसले दिदैछ चुनौती ?

२०८२ फाल्गुण ०४ सोमवार
सारांश
  • फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक बागमती प्रदेशको ललितपुर-३ निर्वाचन क्षेत्र पनि रहेको चर्चामा रहेको छ ।

काठमाण्डौ, ०४ फाल्गुण । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक बागमती प्रदेशको ललितपुर-३ निर्वाचन क्षेत्र पनि रहेको चर्चामा रहेको छ । यस क्षेत्रमा रास्वपा नेतृ डा. तोसिमा कार्की उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

 

ललितपुरको क्षेत्र नम्बर ३ संसदीय क्षेत्रमा ललितपुर महानगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म, वडा नम्बर १०, १३, १४, १५, १८ सम्म तथा वडा नम्बर २० देखि २९ सम्म  र गोदावरी नगरपालिकाको वडा नम्बर १२ र १४ रहेका छन् ।

निर्वाचन आयोगका अनुसार ललितपुर-३ मा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख २ हजार ४३७ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा ११४ मतदान केन्द्र तोकिएको छ ।

 

पछिल्लो निर्वाचन- २०७९

 

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट रास्वपा सांसद डा. तोसिमा कार्की विजयी भएकी थिइन् । तोसिमाले ३१ हजार १३६ मत प्राप्त गरेर विजयी भाकी थिइन् । त्यस्तै नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७६९ मत प्राप्त गरेकी थिइन् ।

 

त्यसैगरी २०७९ को समानुपतितर्फ ललितपुर- ३ मा रास्वपाले १६ हजार ६५० मत प्राप्त गरेको थियो भने एमालेले १२ हजार २९७ मत पाएको थियो । त्यसैगरी राप्रपाले ८ हजार ७८९ मत र नेपाली काँग्रेसले ८ हजार २४७ मत पाएको थियो । त्यसैगरी माओवादी केन्द्रले ६ हजार ५३१ मत प्राप्त गरेको थियो ।

 

उम्मेदवार- २०८२

 

यस निर्वाचनमा ललितपुर- ३ मा राजनीतिक दल र स्वतन्त्र गरेर कुल २० उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

यस क्षेत्रमा रास्वपाले पुन: तोसिमा कार्कीलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले सन्दन थापा मगरलाई उम्मेदवार बनाएको छ । त्यसैगरी नेपाली काँग्रेसले जितेन्द्र कुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने नेकपाले राम काजी महर्जनलाई उम्मेदवार बनाएको छ । त्यस्तै राप्रपाबाट सबिन कुमार खड्का उम्मेदवार बनेका छन्  ।

 

निष्कर्ष:

 

यस पटक पनि रास्वपा उम्मेदवार तोसिमा कार्की बलियो अवस्थामा रहेको देखिएको छ । गत निर्वाचनमा माओवादी र काँग्रेसले गठबन्धन गरेर पनि चुनौती दिन नसकेको अवस्थामा यस पटक सबै दल अलग अलग चुनाव लडेकाले तोसिमालाई सहज हुने देखिन्छ । तर भदौ २३ र २४ को आन्दोलनमा उनको भूमिकाका विषयमा कैयौं मतदाताले प्रश्न उठाएका हुनाले उनले त्यसको सामना कसरी गर्छिन र त्यसलाई मतदाताले कसरी लिन्छन भन्ने प्रश्न भने रहेको छ । रास्वपा पछि यस क्षेत्रमा एमाले र काँग्रेसको प्रभाव रहेको छ ।

 

रास्वपालाई देशभरमा देखिएको लहरको फाइदा हुने भएपनि बदलिएको काँग्रेसले केहि हदसम्म फाइदा उठाउन सक्ने र एमाले पनि कमजोर नरहेको विश्लेषण गरिएको छ । तर पनि एमाले काँग्रेसले तोसिमालाई चुनौती कति दिन सक्छन्, त्यो अहिले अनुमान गर्न सक्ने अवस्था छैन । किनकी पछिल्लो चुनावमा उनले  १८ हजार भन्दा बढीको अन्तरले जितेको हुनाले अन्य दलले चुनौती दिन मुश्किल हुने विश्लेषण गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार