किसानलाई डिजिटल आईडीमार्फत प्रत्यक्ष अनुदान, ५० प्रतिशत कृषि क्षेत्र जैविक बनाउने उज्यालो पार्टीको घोषणा
३ फाल्गुन, २०८२, आइतवार
- आइतबार पार्टीको चुनावी घोषणा पत्र सावर्जनिक गर्दै पार्टीले यस्तो घोषणा गरेको हो । उक्त योजना सार्वजनिक गर्दै पार्टी अध्यक्ष कुलमान घिसिङले पार्टीले कृषि क्षेत्र सुधारलाई प्राथमिकतामा राखेको जनाएका हुन् ।
काठमाडौं: किसानलाई डिजिटल आईडीमार्फत सिंचाइ, मल, बीउ र बिमाका लागि दिइने अनुदान सिधै बैंक खातामा पठाउने व्यवस्था गर्ने घोषणा उज्यालो नेपाल पार्टीले गरेको छ ।
आइतबार पार्टीको चुनावी घोषणा पत्र सावर्जनिक गर्दै पार्टीले यस्तो घोषणा गरेको हो । उक्त योजना सार्वजनिक गर्दै पार्टी अध्यक्ष कुलमान घिसिङले पार्टीले कृषि क्षेत्र सुधारलाई प्राथमिकतामा राखेको जनाएका हुन् ।
घोषणा अनुसार ‘किसानलाई प्रत्यक्ष अनुदान’ कार्यक्रममार्फत बिचौलिया नियन्त्रण गर्दै राज्यबाट उपलब्ध हुने सबै प्रकारका कृषि अनुदान रकम सिधै किसानको खातामा जम्मा गरिनेछ । यसका लागि डिजिटल आईडी प्रणाली विकास गरिने उल्लेख गरिएको छ । पार्टीले ‘अग्र्यानिक कृषि क्रान्ति’ कार्यक्रम पनि अघि सारेको छ। आगामी पाँच वर्षभित्र ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको छ ।
जैविक उत्पादनको बजारीकरण सुनिश्चित गरिने र उत्पादित वस्तु राज्यले लागत मूल्यभन्दा २० प्रतिशत बढी मूल्यमा खरिद गर्ने व्यवस्था मिलाइने घोषणा गरिएको छ । युवा लक्षित कार्यक्रमअन्तर्गत ‘कृषि सहकारी स्टार्टअप फन्ड’ स्थापना गरिने जनाइएको छ । यसमार्फत युवा किसान समूहलाई ५ वर्ष अवधिका लागि २५ लाख रुपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराइनेछ ।
सिंचाइ क्षेत्रमा विद्युत निःशुल्क उपलब्ध गराउने योजना पनि अघि सारिएको छ । कृषि सिंचाइका लागि प्रयोग हुने विद्युतमा कुनै शुल्क नलाग्ने व्यवस्था गरिने पार्टीले जनाएको छ ।
त्यसैगरी व्यावसायिक कृषि गर्ने किसानका लागि माछा, कुखुरा तथा बाख्रा पालन, च्याउ उत्पादन, चिया खेतीलगायतका क्षेत्रमा सहुलियतपूर्ण विद्युत महसुल निर्धारण गरिने घोषणा पत्रमा उल्लेख छ ।यस्तै, पार्टीले कृषि क्षेत्रलाई आधुनिक, व्यवसायिक र आत्मनिर्भर बनाउने लक्ष्यसहित किसानमैत्री नीतिहरू अघि सारेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।