स्वतन्त्र मतदानले मात्र मुलुकमा सुशासन प्रवाह हुन्छ : निर्वाचन आयुक्त भण्डारी
२०८२ फाल्गुण ०१ शुक्रवार
- शुक्रबार आयोजित निर्वाचन र आम सञ्चार विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्यशाला गोष्ठीमा मतदातालाई सचेत गराउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं: निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौंमा शुक्रबार आयोजित निर्वाचन र आम सञ्चार विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्यशाला गोष्ठीमा मतदातालाई सचेत गराउनुपर्नेमा जोड दिएका छन् ।
भण्डारीले कार्यक्रममा भजेर्, अहिले मुख्य रूपमा मतदातालाई प्रशिक्षण दिनु अत्यावश्यक छ। भदौ २३ र २४ मा भएको बिद्रोह र त्यसको विषम परिस्थितिमा यस निर्वाचनको घोषणा गरिएको हो। यो आवधिक निर्वाचन नभई अग्रिम निर्वाचन हो। यस निर्वाचनको उद्देश्य मुलुकलाई अनुशासनको लयमा फर्काएर शान्ति, सुरक्षा कायम गर्दै सुशासन प्रवाह गर्न सक्षम व्यक्ति चयन गर्नु हो।’
उनले थप भनेर्, यदि मतदाता मतदान गर्नबाट बञ्चित हुनुहुन्छ भने, त्यसले आफैंले चाहेको वा गर्न खोजेको कार्यबाट बञ्चित हुनु जस्तै हुनेछ। तपाईंको मतले मात्र सुशासन प्रवाह गर्न सक्ने योग्य व्यक्ति चयन गर्न सक्छ। त्यसैले स्वतन्त्र रूपमा मतदान गर्नुहोस्।’
निर्वाचन आयुक्त भण्डारीले मतदातालाई सचेत गराउन सञ्चार माध्यमको भूमिकाको महत्त्वमा पनि जोड दिए । उनका अनुसार विभिन्न स्थानमा रहेका सञ्चार माध्यमहरूले हरेक मतदातालाई मतदानको अधिकार र यसको प्रभावबारे जानकारी दिनुपर्ने हुन्छ।
कार्यक्रममा सहभागी मुख्य प्रशिक्षकहरूले मतदाता शिक्षाका कार्ययोजना, निर्वाचन प्रक्रियामा संलग्न चुनौती र सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्ने रणनीतिहरूको व्यावहारिक तालिम पनि लिएका थिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।