कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
२०८२ माघ २५ आइतवार
- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस कम्युनिस्टले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण देशमा असहज अवस्था आएको बताएका छन् ।
सप्तरी, २५ माघ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस कम्युनिस्टले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण देशमा असहज अवस्था आएको बताएका छन् । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३, हर्दियामा शनिबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले असहज अवस्थाको जिम्मेवार ती दुबै पार्टीको भएका बताए ।
२०४६ सालको जनआन्दोलन पश्चात गठन भएका सरकारहरुमा कांग्रेस र कम्युनिस्ट जिम्मेवार रहेको बताउँदै उनले भने, ‘देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण पछिल्लो समय युवा पुस्ता आन्दोलित भएको र देश असहज अवस्थामा पुग्न बाध्य भएको हो ।’
देशमा शिक्षा, स्वास्थ्य र उद्योगलाई व्यवस्थापन गर्नुको साटो निजीकरण र पार्टीकरण गरेकोले ती सबै सरकारी संरचनाहरु तहस–नहस भएको अध्यक्ष यादवले बताए । सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका उनले चुनावका बेला बाचा गरेर पनि जितेपछि पुरा नगर्ने नेतालाई चित्त नबुझेसम्म गरिरहन मतदाताहरुसँग आग्रह आग्रह गरे ।
मत माग्न आएका बेला बाटो बनाइदिने, अस्पताल बनाइदिने, राम्रो विद्यालय तथाकलेज बनाइदिने, सिँचाइको व्यवस्था गरिदिने आदि इत्यादि बाचा गरेका नेताहरुलाई प्रतिवद्धताहरु किन भएन ? भनी प्रश्न सोधिरहे मात्र नेता सुध्रिने उनले बताए । उनले भने, ‘जनताले नेतासँग प्रश्न सोधिरहनुपर्छ, अनि मात्र नेता जिम्मेवार बन्ने छन् ।’
जनता समाजवादी पार्टीकै कारण देशमा परिवर्तन आएको भन्दै आफू र भावी सन्ततीको भविष्यका लागि जसपाका उम्मेदवारहरु अत्यधिक मतले जिताउन अध्यक्ष यादवले जनतासँग आग्रह गरे । आफू सप्तरी २ बाट चुनाव जितेपछि आमूल परिवर्तन ल्याउनका रागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, गजेन्द्रनारायण सिंह अस्पतालमा अत्याधुनिक भौतिक पूर्वाधार, इन्जिनियरिङ्ग कलेज भवन, नर्सिंग कलेज भवन, पक्की सडकहरु समेतका कामहरु भएको र कतिपय पुरा हुने क्रममा रहेको उनले चर्चा गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।