चर्चित निर्वाचन क्षेत्र: रौतहट-१ को चुनावी गणित, माधव नेपाललाई चौतर्फी चुनौती
२०८२ माघ २४ शनिवार
- फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक मधेश प्रदेशको रौतहट-१ पनि रहेको छ ।
काठमाण्डौ, २४ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक मधेश प्रदेशको रौतहट-१ पनि रहेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राजदेवी नगरपालिका, गौर नगरपालिका, माधवनारायण नगरपालिका, यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका, गरुडा नगरपालिकाको वडा १ र गढीमाई नगरपालिकाको वडा नम्बर ६, ७ र ८ रहेका छन् ।
निर्वाचन आयोगका अनुसार रौतहट-१ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ८ हजार ७२६ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १३२ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९
२०७९ सालको निर्वाचनमा रौतहट-१ बाट तत्कालिन एकीकृत समाजवादीबाट माधवकुमार नेपाल विजयी भएका थिए । काँग्रेस र तत्कालिन माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनाव लडेका नेपालले ३३ हजार ५२२ मत प्राप्त गरेका थिए ।
त्यस्तै, दोस्रो भएका नेकपा एमालेका अजय कुमार गुप्ताले भने २६ हजार ९२२ मत पाएका थिए ।
२०७९ मा समानुपातिकतर्फ नेपाली काँग्रेसले सर्बाधिक १९ हजार ११९ मत प्राप्त गरेको थियो भने एमालेले ११ हजार ८९, एकीकृत समाजवादीले ९ हजार ५७८, जसपा नेपालले ६ हजार ९३५, जनमतले ६ हजार २८८, तत्कालिन माओवादी केन्द्रले २ हजार ७९१ मत प्राप्त गरेको थियो ।
उम्मेदवार- २०८२
यस निर्वाचनमा रौतहट- १ राजनीतिक दल र स्वतन्त्र गरेर ३९ उम्मेदवार रहेका छन् । यस पटक नेकपाबाट माधवकुमार नेपाल उम्मेदवार बनेका छन् । त्यस्तै नेपाली काँग्रेसले अनिल कुमार झालाई उम्मेदवार बनाएको छ । लोसपा छोडेर नेपाल सदभावना पार्टीलाई पुनर्जीवित गरेका झा अन्तिम समयमा काँग्रेसमा प्रवेश गरेर उम्मेदवार बनेका छन् । त्यस्तै यस क्षेत्रमा एमालेले अजय कुमार गुप्तालाई यस पटक पनि उम्मेदवार बनाएको छ । त्यसैगरी यस क्षेत्रमा रास्वपाले राजेश कुमार चौधरीलाई उम्मेदवार बनाएको छ भने जसपा नेपालले योगेन्द्र राय यादवलाई र जनमतले देवेन्द्र मिश्रलाई उम्मेदवार बनाएको छ ।
निष्कर्ष:
यस निर्वाचनमा माधव नेपाललाई गार्हो हुने देखिएको छ । गत निर्वाचनमा काँग्रेससँगको गठबन्धनका कारण जित हासिल गरे पनि यस पटक सबै दल अलग अलग उम्मेदवार भएकाले नेपालको स्नाक्त बढेको हो । माओवादी केन्द्रसँग एकता गरेर नेकपा बनाएपछि पनि गत निर्वाचनको समानुपातिकको हेर्दा दुवै दलको कुल मत ११ हजार रहेको छ । सो मत सबै पाएपनि जितका लागि पर्याप्त हुने देखिदैन । त्यसैले यस निर्वाचनमा रौतहट- १ मा एमाले र काँग्रेसको प्रतिष्पर्धा हुने देखिएको छ । गत निर्वाचनमा एक्लै चुनाव लड्दा पनि एमालेका अजय कुमार गुप्ताले २६ हजारभन्दा बढी मत प्राप्त गरेकाले उनी यस चुनावमा राम्रो अवस्थामा देखिएका छन् । साथै जसपा नेपाल र जनमतका उम्मेदवारले कति मत प्राप्त गर्छन् भन्नेमा पनि यस क्षेत्रको चुनावको नतिजा आउने देखिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।