सिंगो देशले पाएको दुखको अगाडि मेरो पीडा केही पनि होइन : रवि लामिछाने
२०८२ माघ २२ विहीवार
- बिहीबार चितवन पुगेका उनले देशले पाएको दुख आफ्नो भन्दा धेरै ठूलो भएको भन्दै आजबाट देशको पीडा र त्यसलाई समाधान गर्नको लागि काम गर्ने बताए ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो देशले पाएको दुखको अगाडि आफ्नो पीडा केही पनि नभएको बताएका छन् ।
बिहीबार चितवन पुगेका उनले देशले पाएको दुख आफ्नो भन्दा धेरै ठूलो भएको भन्दै आजबाट देशको पीडा र त्यसलाई समाधान गर्नको लागि काम गर्ने बताए ।
उनले भने, ‘सिंगो देशले पाएको दुखको अगाडि मेरो कुनै हिसाब छैन । सिंगो देशले दुख पाएको छ । आजबाट कहिले काँही धेरै पीडा भएर कराएछु भने सुनिदिनुहोला नत्र भने आजबाट म मेरो पीडाको कुरा गर्दिन्, देशको पीडाको कुरा गर्छु, त्यसलाई समाधान गर्नको लागि हामी कसरी जानुपर्छ त्यसको लागि जानेछौँ । म कुनै राजनीतिक दल वा अरु नेतालाई गाली गर्ने पक्षमा छैन ।’
यस्तै, उनले यो मुलुकलाई समृद्धि र स्थायी शान्तिको विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने पनि बताए । उनले भने, ‘यो मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ, स्थायी शान्ति कसरी हुन्छ, युवाहरुलाई रोजगारी कसरी गर्न सकिन्छ, उद्योगहरु कसरी स्थापित गर्न सकिन्छ, गुणस्तरिय सेवा सबैको पहुँचमा कसरी पु¥याउन सकिन्छ भन्ने विषय हाम्रो प्राथमिकता हो ।’
चितवनबाट नै एउटा निलो क्रान्तिको बिउँ रोपिएको भन्दै त्यो बेला रोपेको बिरुवालाई निमोठ्न, काट्न र बाँच्न खोजिएको पनि उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’