स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै अधिवेशन भइसक्छः सभापति थापा

२०८२ माघ १७ शनिवार
सारांश
  • शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

नेपाली कांग्रेसका सभापती गगनकुमार थापाले आगामी स्थानीय तथा प्रदेश सभा निर्वाचनभन्दा अगावै पार्टीको नियमित महाधिवेशन सम्पन्न हुने दाबी गरेका छन्। शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

 

सभापति थापाले आगामी महाधिवेशनपछि कांग्रेसमा उम्मेदवार चयनको प्रक्रियामा आमूल परिवर्तन आउने बताए। उनले अबका निर्वाचनमा टिकट वितरणको अधिकार तल्लो तहलाई नै दिइने र टिकटका लागि नेताका घर धाउनुपर्ने परम्पराको अन्त्य हुने जिकिर गरे। 'प्रदेशको टिकटका लागि अब कसैले पनि सभापति वा महामन्त्रीको दैलो टेक्न पर्दैन,' थापाले भने।

 

पार्टीभित्र लामो समयदेखि चल्दै आएको गुटबन्दी र ६०/४० को भागबण्डाको राजनीति अब समाप्त भएको उनको भनाइ थियो। उनले पार्टीले अब आन्तरिक र बाह्य कुनै पनि क्षेत्रमा भागबण्डा नगर्ने उद्घोष गर्दै सबै कार्यकर्तालाई समान व्यवहार गरिने प्रतिबद्धतासमेत व्यक्त गरे।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार