काँग्रेसको अनुहार मात्र होइन सोच र शैली पनि बदलिएको छ- गगन थापा
२०८२ माघ १७ शनिवार
- कांग्रेस पार्टी पुरानो भएकोमा गर्व रहेको बताउदै सभापति थापाले पुरानो कांग्रेसका राम्रा कुरालाई स्वीकार गरेरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस सोच र शैलीमै बदलिएर आएको बताएका छन् ।
शनिबार काँग्रेस काठमाडौं–४ को निर्वाचन परिचालन मुल समिति गठन समारोहमा बोल्दै सभापति थापाले कांग्रेसमा अनुहार मात्र बदलिएको नभएर सोच र शैलीमै बदलिएको बताएका हुन् । उनले भने- 'नेपाली कांग्रेस पार्टीको सोच बदलिएको छ, संकल्प बदलिएको छ, यसको शैली बदलिन्छ र यसको अब काम बदलिन्छ । यसले दिने परिणाम पनि बदलिएर नयाँ आउँछ ।'
कांग्रेस पार्टी पुरानो भएकोमा गर्व रहेको बताउदै सभापति थापाले पुरानो कांग्रेसका राम्रा कुरालाई स्वीकार गरेरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले नागरिकमा अहिले देशमा सुशासन होस् भन्ने अपेक्षा रहेको बताउदै काँग्रेसले जनताको अपेक्षा अनुसार नै अगाडी बढ्ने स्पष्ट गरे ।
साथै उनले अब नयाँ स्थानीय चुनाव र प्रदेशको चुनावभन्दा अगाडि पार्टीको महाधिवेशन हुने बताउदै कांग्रेसको नयाँ महाधिवेशनले पार्टीभित्रका सबै कुरालाई सम्बोधन गर्ने बताए । अहिले समय अभावका कारण आफुले सोचे जस्तो उम्मेदवार छनौट गर्न नसकेको बताउदै सभापति थापाले अब कांग्रेसमा उम्मेदवारको टिकटका लागि आकांक्षी कसैले पनि सभापति र महामन्त्रीको घर धाउनु नपर्ने दाबि गरे । उनले अब आउने चुनावमा तल्लो तहमै प्राइमेरी चुनावबाट उम्मेदवार छान्ने स्पष्ट गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।