वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समुह नेकपामा समाहित हुने
२०८२ माघ १७ शनिवार
- आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुने कार्यक्रममा उनीहरू औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् ।
काठमाडौँ: वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल परित्याग गरी केन्द्रदेखि जिल्ला तहसम्मका नेतृत्त्वसहितका एकता पक्षधर नेता–कार्यकर्ताको एकता पक्षधर समुह नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् ।
आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुने कार्यक्रममा उनीहरू औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा कार्यालय एवं सचिवालय सदस्य धनकुमारी सुनारको नेतृत्वमा, केन्द्रीय प्रबुद्ध समिति सल्लाहकार सदस्य गणेश रसाइली, केन्द्रीय सदस्य तथा महिला संगठन सुदूर प्रदेश संयोजक यसोदा बराल, कैलाली जिल्ला पार्टी सदस्य तथा जात व्यवस्था उन्मूलन मोर्चा जिल्ला संयोजक विक्रम सुनारलगायत नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने छन् ।
यसैगरी तुलशी परियार, प्रिया बराल, दिपा राना, हेमा सुनार, संगीता सिजापति, करीता सिजापती, सुमित्रा खाति, शर्मिला जिजार, कमला पिसी र कञ्चनपुर जिल्ला महिला संगठन संयोजक रीता नेपालीसहितका नेता–कार्यकर्ता पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने कार्यक्रम रहेको छ । उनीहरूलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।