नेकपा सहसंयोजक माधव नेपाल अस्पताल भर्ना

२०८२ माघ १५ बिहीवार
सारांश
  • छातीमा संक्रमण भएपछि नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए ।

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

 

छातीमा संक्रमण भएपछि नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए । त्यहाँबाट उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको हो ।

 

जटिल समस्या नभए पनि चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको सचिवालयले जानकारी दिएको छ ।

फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाल रौतहट-१ बाट उम्मेदवार बनेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार