एमाले र प्रलोपाबीच चुनावी तालमेल, तीन बुँदे सहमति

२०८२ माघ ११ आइतवार
सारांश
  • जस अनुसार रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनलाई एमालेले मतदानमा सघाउनेछ । त्यस्तै कर्णालीका हुम्ला जुम्लाबाहेकका जिल्ला र पुरानो राप्ती अञ्चल (दाङ, रूकुम,रोल्पा रूकुम, प्यूठान) का जिल्लामा एमालेका उम्मेदवारलाई प्रलोपाले सघाउने सहमति बनेको छ ।

काठमाडौं : नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल भएको छ । आइतबार दुवै दलबीच चुनावी तालमेल गर्न तीन बुँदे सहमति भएको हो ।

 

जस अनुसार रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनलाई एमालेले मतदानमा सघाउनेछ । त्यस्तै कर्णालीका हुम्ला जुम्लाबाहेकका जिल्ला र पुरानो राप्ती अञ्चल (दाङ, रूकुम,रोल्पा रूकुम, प्यूठान) का जिल्लामा एमालेका उम्मेदवारलाई प्रलोपाले सघाउने सहमति बनेको छ । सहमतिपत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा शोवले हस्ताक्षर गरेका छ्न् ।

 

सहमतिका तीन बुँदा:

१- प्रगतिशील लोकतान्त्रिक पार्टी, पश्चिम रुकुमका उम्मेद्वार श्री जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेद्वार श्री संदीप पुनको पक्षमा आँखा चिन्हमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा मतदान गर्ने सहमति भएको छ ।

 

२- कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरु र पुरानो राप्ती अञ्चलका जिल्लाहरुमा नेकपा (एमाले)का उम्मेद्वारहरुको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा मतदान गर्ने सहमति भएको छ ।

 

३- दुवै पार्टीहरुले उपरोक्त सहमति कार्यान्वयन गर्न आ-आफ्नो आन्तरिक पंक्तिलाई अविलम्ब निर्देशन गर्ने सहमति भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार