- साथै, निर्वाचित भएर गएका प्रतिनिधिहरूले जनताको कति काम गर्न सके भन्ने विषयमा पनि गम्भीर समीक्षा हुनुपर्ने उनले बताए ।
काठमाडौं: नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बंशलाल तामाङले देश परिवर्तन गर्न सोच र कार्यशैली दुवै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै तामाङले देश बदल्न आफूहरू नै बदलिनुपर्ने धारणा व्यक्त गरे । उनले सोच परिवर्तनका लागि नेपाली कांग्रेसलाई विजयी बनाउनुपर्ने उल्लेख गर्दै कांग्रेसले जितेमा देशलाई हराभरा र समृद्ध बनाउन सकिने बताए ।
उनले भने, ‘देश बदल्नको लागि हामीले बद्लिनुपर्छ, सोच बद्ल्नु छ । त्यो सोच बदल्नको लागि नेपाली कांग्रेसलाई जिताउनुपर्छ । कांग्रेसलाई जिताउन सक्यौं भने देशलाई हराभरा बनाउन सकिन्छ । अहिले हामी निर्वाचनको प्रचार गर्ने शैली बदल्ने छौं । हिजोका दिनमा सयौं गाडि गुडाएर प्रचार गर्ने शैलीले जनताको कति मन जित्न सक्यो यसको पनि समिक्षा गर्न आवश्यक छ ।’
निर्वाचन प्रचारप्रसारको शैलीबारे आत्मसमीक्षा आवश्यक रहेको बताउँदै उनले विगतमा सयौं गाडी प्रयोग गरेर गरिएको प्रचारले जनताको कति मन जित्न सक्यो भन्ने विषयमा समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।
साथै, निर्वाचित भएर गएका प्रतिनिधिहरूले जनताको कति काम गर्न सके भन्ने विषयमा पनि गम्भीर समीक्षा हुनुपर्ने उनले बताए ।
कार्यक्रममा तामाङले भावी प्रधानमन्त्रीका रूपमा चित्रित कांग्रेस नेता गगन थापाको पनि चर्चा गरे । उनले गगन थापा देशभर कांग्रेस जिताउने अभियानमा सक्रिय रहेको र आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ छोडेर तराईको सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएको उदाहरण प्रस्तुत गरे ।
तामाङले थापाको उम्मेदवारीले नेपाली कांग्रेसको दृष्टिकोण स्पष्ट हुने भन्दै कांग्रेसका नेता केवल काठमाडौंमा सीमित नभई तराई, पहाड र हिमाल सबैलाई समान रूपमा हेर्नुपर्ने सन्देश दिएको बताए ।
उनले भने, ‘निर्वाचित भएर गएका प्रतिनिधिहरुले कति जनताको काम गर्न सके यो पनि हामीले समिक्षा गर्न जरुरी छ । भावी प्रधानमन्त्री गगन थापा देशभरी कांग्रेस जिताउन लागिरहनु भएको छ । आफ्नो क्षेत्र ४ नं छोडेर उहाँ आज तराई सर्लाहीको ४ नम्बर क्षेत्रमा चुनाव लड्दै हुनुहुन्छ । सर्लाहीको ४ नम्बर क्षेत्रमा चुनाव लड्नु भनेको कांग्रेस पार्टीको दृष्टी, नेपाली कांग्रेसको नेता केवल काठमाडौंलाई मात्र हेर्ने होइन तराई पनि हेर्नुपर्छ, पहाड पनि हेर्नुपर्छ, हिमाल पनि हेर्नुपर्छ भनेर भावी प्रधानमन्त्री आफ्नो क्षेत्र छोडेर तराई रोज्नु भएको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।