जेनजीहरुले उठाएको मागलाई पूरा गर्न सक्ने दल राप्रपा मात्र हो : कमल थापा
२०८२ माघ १० शनिवार
- जेनजी युवाहरुले देशमा गत २० वर्षदेखि कायम रहँदै आएको भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आवाज उठाएका थिए ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले जेनजीहरुले उठाएको मागलाई पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित राप्रपा पार्टीको भेला तथा कार्यक्रममा उनले जेनजी युवाहरुले यो देशमा गत २० वर्षदेखि कायम रहदै आएको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि उठाएको माग अधुरो रहेको भन्दै त्यो अधुरो मागलाई पूरा गर्न सक्ने क्षमता राप्रपामा मात्र रहेको बताए ।
उनले भने, ‘राप्रपालाई किन भोट दिने भन्ने कुरामा म स्पष्ट पार्न चाहन्छु, यो चुनाव मध्यावधी चुनाव हो । यो चुनाव गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनको परिणाम हो । जेनजी युवाहरुले देशमा गत २० वर्षदेखि कायम रहँदै आएको भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आवाज उठाएका थिए । जेनजी युवाहरुले उठाएको माग अधुरो रहेको छ । त्यो अधुरो चाहना र मागलाई पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा हो ।’
यस्तै, उनले स्वतन्त्र, स्वाभीमान नागरिक भएर हेर्ने हो भने भ्रष्ट व्यवस्था र शासकका मूल संवाहक काङ्ग्रेस र कम्युनिष्ट पार्टी भएको भन्दै जनताले यो सबैबाट मुक्ति खोजीरहेको बताए । काङ्ग्रेस र कम्युनिष्टको गलत नीतिले गर्दा देशमा संकट आएको भन्दै भ्रष्ट व्यवस्था र शासकका मूल संवाहकले देशलाई भ्रष्टाचारबाट मुक्त गराउन नसक्ने पनि उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’