प्रधानमन्त्रीका उम्मेदवारबीच बहस गर्न काँग्रेस तयार छ- सहमहामन्त्री राणा

२०८२ माघ १० शनिवार
सारांश
  • नेपाली काँग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले प्रधानमन्त्रीका उम्मेदवारबीच सार्बजनिक बहस गर्न काँग्रेस तयार रहेको बताएका छन् ।

काठमाण्डौ, १० माघ । नेपाली काँग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले प्रधानमन्त्रीका उम्मेदवारबीच सार्बजनिक बहस गर्न काँग्रेस तयार रहेको बताएका छन् ।

 

सामाजिक सञ्जाल र मिडियामा प्रधानमन्त्रीका उम्मेदवारबीच एक ठाउमा बहस हुनुपर्ने चर्चा भइरहेका बेला राणाले काँग्रेस यस्तो बहसका लागि तयार रहेको बताएका हुन् ।

 

उनले यसपटक सबैजसो प्रमुख राजनीतिक दलहरूले निर्वाचनअघि नै भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेको बताउदै देश निर्माणमा उनीहरूका ठोस नीति, योजना र कार्यक्रम के कस्ता छन् ? अर्थतन्त्र, रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासनको सवालमा उनीहरूको दृष्टिकोण के हो ? भन्ने यस्ता साझा बहसहरूले आमनागरिकलाई प्रधानमन्त्रीका उम्मेदवारहरूलाई नजिकबाट बुझ्ने अवसर दिनेछ र निर्वाचनमा मताधिकार प्रयोग गर्दा विवेकपूर्ण निर्णय गर्न थप सजिलो हुने बताएका छन् ।

 

उनले बहसले लोकतन्त्र बलियो हुन्छ, प्रश्नबाट कोहि नभागौं भन्दै यो बहसका लागि नेपाली कांग्रेस तयार रहेको बताएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार