कुलमानलाई अर्को झड्का, पहिचानवादी नेताहरु थेगिमसहितले छोडे पार्टी

२०८२ माघ ०८ विहिवार
सारांश
  • राजीनामा दिनेहरुमा पहिचानवादी नेता थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम रहेका छन् । तीनै जना पार्टीको केन्द्रीय सदस्य हुन् । तीन जनाले संयुक्त विज्ञप्ति जारी गर्दै उज्यालो नेपाल पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् ।

विराटनगर : कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उम्मेदवार डकेन्द्रसिंह थेगिमसहित तीन जनाले पार्टी छोडेका छन् । 

 

राजीनामा दिनेहरुमा पहिचानवादी नेता थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम रहेका छन् । तीनै जना पार्टीको केन्द्रीय सदस्य हुन् । तीन जनाले संयुक्त विज्ञप्ति जारी गर्दै उज्यालो नेपाल पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् ।

 

उनीहरुले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर रहेको, विधि प्रक्रियाको अस्पष्टता तथा पहिचानको एजेण्डामा स्पष्ट र लिखित वैचारिक धारणा प्रस्तुत गर्न नसेका कारण पार्टी छोडेको बताएका छन् ।  

 

कुलमानले पार्टी गठन गर्नु अघि थेगिम प्रदेश नम्बर १ पुन नामकरण संयुक्त संघर्ष समितिको संयोजक थिए । गुरुङ र अमर इजम नागरिक उन्मुक्ति पार्टीमा थिए । 

 

उज्यालो नेपाल र परिवर्तन पार्टीवीच एकतापछि डकेन्द्रसिंह थेगिमको नाम आदिबासी जनजाति क्लष्टरको तेस्रो नम्बरको समानुपातिक उम्मेदवार थिए । 

 

डकेन्द्रसिंह थेगिम गत उपनिर्वाचनमा इलामबाट प्रत्यक्ष उम्मेदवार बनेर करिब १२ हजार मत ल्याएका थिए । पुर्वका यी पहिचानबादी नेताहरुले पार्टी छोडेपछि कुलमानलाई चुनावको मुखमै ठुलो धक्का लागेको छ । यस अघि रास्वपामा एकता हुदा समानुपातिकमा परेका रीमा विश्वकर्मा लगायतले पनि कुलमानको साथ छोडेका थिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार