टिकट वितरणमा असन्तुष्टि जनाउँदै राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले दिए राजीनामा
२०८२ माघ ०६ मङ्गलवार
- उनले संसदीय राजनीतिमा असफल भइसकेका नेतालाई अघि सार्नुले पार्टीको भविष्यमा नकारात्मक असर पर्ने दाबी समेत गरेका छन्।
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले पार्टीको जिम्मेवारी र साधारण सदस्यबाट राजीनामा दिएका छन् । पार्टी नेतृत्वको पछिल्लो निर्णय र कार्यशैलीप्रति असहमति जनाउँदै उनले शुक्रबार आफ्नो राजीनामा घोषणा गरेका हुन् ।
आगामी निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ५ को उम्मेदवार चयन प्रक्रियामा असन्तुष्टि नै उनको राजीनामाको मुख्य कारण बनेको छ । क्षेत्रीय कमिटीले आफूसहित नविन खड्का र हेमजंग गुरुङ जस्ता युवा नेताहरूको नाम सिफारिस गरे पनि नेतृत्वले त्यसलाई बेवास्ता गरी पूर्वअध्यक्ष कमल थापालाई अघि बढाएको कार्कीको भनाइ छ ।
कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीभित्र विधि र प्रक्रियाभन्दा पनि व्यक्तिको स्वेच्छाचारिता हाबी भएको आरोप लगाइएको छ । "युवा नेतृत्वको मर्मलाई आत्मसात् गर्ने प्रतिबद्धतासहित आएको वर्तमान नेतृत्वले निर्वाचनको मुखमा अनुभवी र सिफारिस भएका युवाहरूलाई पाखा लगाएर सत्ता केन्द्रित राजनीतिलाई प्रश्रय दिएको छ," उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले गत महाधिवेशनले जगाएको आशा र अपेक्षा नेतृत्वले पूरा गर्न नसकेको र पार्टीको मूल एजेण्डाभन्दा शक्ति केन्द्रहरूसँगको सम्झौतामा नेतृत्व केन्द्रित भएको दाबी समेत गरेका छन् ।
कार्कीले पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध र राजसंस्थाको पक्षमा अन्तर्राष्ट्रिय लबिङमा आफूले पुर्याएको योगदानको कदर नभएको गुनासो समेत गरेका छन् । विशेष गरी 'इन्टरनेशनल डेमोक्रेटिक युनियन' बाट राजसंस्थाको पक्षमा वक्तव्य जारी गराउन आफूले खेलेको भूमिकालाई नेतृत्वले आफ्नै नाम चम्काउने माध्यम मात्र बनाएको उनको आरोप छ ।
पार्टीभित्रको वर्तमान वातावरणमा रहेर देश र जनताको सेवा गर्न नसकिने निष्कर्ष निकाल्दै उनले अब कुनै पनि राजनीतिक दलको सीमाभित्र नबस्ने स्पष्ट पारेका छन् । उनले आगामी दिनमा युवाहरूको भावना र 'जेनजी' (Gen Z) आन्दोलनको मर्मअनुसार स्वतन्त्र रूपमा सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहने घोषणा गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।