कुन्दनले पाएनन् टिकट, प्रदेश सभा सांसद पनि गुम्यो

२०८२ माघ ०६ मङ्गलवार
सारांश
  • नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि दोलखामा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई टिकट दिएको छ ।

काठमाण्डौ, ६ माघ । नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि दोलखामा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई टिकट दिएको छ ।

 

बागमती प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लड्ने तयारी गरेका युवा नेता कुन्दनराज काफ्ले सभापति गगन थापा निकट शिवाकोटीले टिकट पाएपछि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नबाट बन्चित भएका छन ।

 

काफ्लेले उम्मेदवार बन्नका लागि सोमबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए ।

 

प्रदेशको पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका काफ्लेले टिकट नपाउदा प्रदेश सभा सदस्य पनि गुमेको छ । काफ्ले कांग्रेसमा कृष्णप्रसाद सिटौला निकट नेता मानिन्छन् । उनले हालै सम्पन्न काँग्रेसको विशेष महाधिवेशनको चर्को विरोध गरेका थिए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार