प्रतिनिधिसभा निर्वाचन: समानुपातिकतर्फका ५० प्रतिशत मतपत्र छपाइ सम्पन्न

२०८२ माघ ०६ मङ्गलवार
सारांश
  • मतपत्र छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल लक्ष्यको ५० प्रतिशत काम सम्पन्न भएको जानकारी दिएको छ ।

काठमाडौँ: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्यले तीव्रता पाएको छ । 

 

मतपत्र छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल लक्ष्यको ५० प्रतिशत काम सम्पन्न भएको जानकारी दिएको छ ।


केन्द्रका अनुसार हालसम्म समानुपातिकतर्फका एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगले यस विधाका लागि कुल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्ने कार्यादेश केन्द्रलाई दिएको छ ।


केन्द्रले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार चौबीसै घण्टा मेसिन सञ्चालन गरेर छपाइ कार्यलाई गति दिइएको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार थान मतपत्र छापिएको छ । उत्पादित मतपत्रमध्ये १० लाख ९८ हजार २०० थान मतपत्र केन्द्रले निर्वाचन आयोगलाई हस्तान्तरण गरिसकेको छ ।


प्याकिङ र ढुवानी तयारी
छपाइसँगै मतपत्र प्याकिङको काम पनि सँगसँगै अघि बढाइएको छ । पछिल्लो एक दिनमा एक हजार ४३१ बाकस मतपत्र प्याकिङ गरिएको छ । हालसम्म कुल सात हजार ८४१ बाकस मतपत्र प्याक भइसकेको छ भने बाँकी १२ हजार ९८९ बाकस प्याकिङ गर्ने प्रक्रियामा रहेको केन्द्रले जनाएको छ ।


प्रत्यक्षतर्फको छपाइ कहिले ?
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भने केही ढिला गरी सुरु हुनेछ । उम्मेदवारहरूको मनोनयन दर्ता, दाबी-विरोधको प्रक्रिया र अन्तिम नामावली प्रकाशन भई उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि मात्र प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सुरु हुने जनक शिक्षा सामग्री केन्द्रले प्रष्ट पारेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार