मनोनयन शान्तिपूर्ण रूपमा सम्पन्न: २ हजार ६५५ जना उम्मेदवार दर्ता

२०८२ माघ ०६ मङ्गलवार
सारांश
  • पछिल्लो अपडेट अनुसार साँझ ५ बजेसम्म कुल २ हजार ६५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महिला ३०३ जना र पुरुष २ हजार ३५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौं: प्रतिनिधि सभा सदस्यको लागि फागुन २१ गते हुने निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न निर्वाचन आयोगले जनाएको छ ।

 

आयोगका आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्यक्रम सञ्चालन गरिएको र तोकिएको समयभित्र सम्पन्न भएको जानकारी दिएको हो ।

 

पछिल्लो अपडेट अनुसार साँझ ५ बजेसम्म कुल २ हजार ६५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महिला ३०३ जना र पुरुष २ हजार ३५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 

निर्वाचन कार्यक्रम अनुसार मनोनयन दर्ता भएका उम्मेदवारको सूची साँझ ७ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिने आयोगले बताएको छ । त्यस्तै आयोगले माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने बताएको छ ।

 

उजुरीमाथि जाँचबुझ तथा निर्णय माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म गरिनेछ भने माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म योग्य उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

 

त्यसैगरी, माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार