चितवन-३ मा विक्रम पाण्डे, रेणु दाहाल र सोबिता गौतमरबीच रोचक भिडन्त हुने

२०८२ माघ ०४ आइतवार
सारांश
  • गत निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका नेता विक्रम पाण्डेले ९ हजार २३६ मत अन्तरले विजयी भएका थिए ।

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा चितवन -३ मा रोचक प्रतिष्पर्धा हुने भएको छ ।

 

यस पटक चितवन-३ मा नेकपाबाट रेणु दाहाल, रास्वपाबाट सोबिता गौतम र राप्रपाबाट बिक्रम पाण्डे उम्मेदवार बन्दैछन् ।

 

रास्वपाले सोबितालाई चितवन-३ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । सोबिता अघिल्लो निर्वाचनमा काठमाडौँ-२ बाट विजयी भएकी थिइन् । काठमाडौँ- २ बालेन शाहले आफु या आफ्नो पक्षका लागि लिएको बुझिएको छ । 

 

त्यस्तै, नेकपाबाट भरतपुर महानगरकी प्रमुख रहेकी रेणु दाहाल राजीनामा गरेर चुनावी मैदानमा उत्रिने भएकी छन् ।

गत निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका नेता विक्रम पाण्डेले ९ हजार २३६ मत अन्तरले विजयी भएका थिए ।

 

त्यस्तै यस क्षेत्रमा काँग्रेसले अझै उम्मेदवार टुंगाएको छैन । गत निर्वाचनमा काँग्रेस र माओवादीको गठबन्धनका बीच पनि काँग्रेस नेता दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिदै १२ हजार २७५ मत प्राप्त गरेर चौथो स्थान हासिल गरेका थिए । त्यस्तै गत निर्वाचनमा यस क्षेत्रमा रास्वपाबाट जीता बरालले १४ हजार ८४३ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी थिइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार