निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्चमा

२०८२ माघ ०४ आइतवार
सारांश
  • आयोगले शुक्रबार गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि सो निर्णयविरुद्ध देउवा समूह आइतबार सर्वाच्च अदालत पुगेको हो ।

काठमाडौँ: नेपाली कांग्रेसको शेरबहादुर देउवा समुह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेको छ ।

 

आयोगले शुक्रबार गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि सो निर्णयविरुद्ध देउवा समूह आइतबार सर्वाच्च अदालत पुगेको हो ।

 

नेता पूर्णबहादुर खड्का रिट निवेदन लिएर सर्वोच्च पुगेका छन् । रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ । सर्वोच्च प्रशासनले रिटको अध्ययन गरेर दर्ता प्रक्रिया अगाडी बढाउने छ ।

 

रिटमा पार्टीको विधान विपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरिएको भन्दै विशेष महाधिवेशन अवैधानिक कायम गर्न माग गरिएको छ ।

 

सोमबार सार्बजनिक बिदा भएकोले र मंगलबार फागुन २१ मा हुने प्रतिनिधि सभाको उम्मेदवार मनोनयन दर्ता गर्ने दिन भएकाले समयको दबाबका बीच देउवा पक्ष सर्वोच्च पुगेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार