- पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टिकट पाएपछि तामाङले मतदाताहरूसँग सहयोगको अपिल गरेका छन्।
काठमाडौँ: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङ उम्मेदवार बन्ने भएका छन्।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टिकट पाएपछि तामाङले मतदाताहरूसँग सहयोगको अपिल गरेका छन्। शनिबार एक सन्देश जारी गर्दै तामाङले नेतृत्वप्रति आभार प्रकट गरे र झापा–५ का मतदातालाई 'तारा' चिह्नमा मतदान गर्न आग्रह गरे।
अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तामाङ, एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिन लागेका हुन्। यसैबीच, सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन्द्र शाह (बालेन) को उम्मेदवारी रहनेबारे पनि चर्चा सुरु भएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
-
रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।