महान्यायाधिवक्ताको निर्णयले युवाहरूको आवाजलाई कुल्चियो- भीम रावल

२०८२ माघ ०३ शनिवार
सारांश
  • नेता रावलले महान्यायाधिवक्ताको यो निर्णयले खैरो सूचीमा परि कालो सूचीमा पर्ने खतरामा रहेको देशलाई कुशासन र स्वेच्छाचारीतन्त्रमा धकेल्ने कुचेष्टा गरेको बताएका छन् ।

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले महान्यायाधिवक्ताले संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अभियोग लागेका मानिसहरुको मुद्दा खारेज गर्ने निर्णय गरी युवाहरूको आवाजलाई कुल्चेको आरोप लगाएका छन् ।

 

नेता रावलले महान्यायाधिवक्ताको यो निर्णयले खैरो सूचीमा परि कालो सूचीमा पर्ने खतरामा रहेको देशलाई कुशासन र स्वेच्छाचारीतन्त्रमा धकेल्ने कुचेष्टा गरेको बताएका छन् ।  

 

महान्यायाधिवक्ता सबिता भण्डारीले रास्वपा सभापति रवि लामिछानेसहित उनको मुद्धासँग जोडिएका व्यक्तिहरुको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धा फिर्ता लिन अनुमति दिने निर्णय गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ । यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्धा समेत दायर भएको छ  । 

 

नेता रावलले भनेका छन्: 

भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा युवाहरूले उठाएको आवाजको जगमाथि बनेको अन्तरिम सरकारका महान्यायाधिवक्ताले संगठित अपराध र  सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अभियोग लागेका मानिसहरुको मुद्दा खारेज गर्ने निर्णय गरी युवाहरूको आवाजलाई कुल्चेको मात्र छैन, खैरो सूचीमा परि कालो सूचीमा पर्ने खतरामा रहेको देशलाई कुशासन र स्वेच्छाचारीतन्त्रमा धकेल्ने कुचेष्टा गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार