काँग्रेस बारे छिटो निर्णय दिन दबाबमा निर्वाचन आयोग, छलफलमा जुटे आयुक्त

२०८२ माघ ०२ शुक्रवार
सारांश
  • माघ ६ गते मनोनयन दर्ताको समय रहेकाले आयोगले छिटै निर्णय लिने तयारी गरेको हो ।

काठमाडौं: नेपाली कांग्रेसको विवाद बारे निर्वाचन आयोगले आजै निर्णय गर्ने तयारी गरेको छ ।

 

काँग्रेसका दुवै पक्षको दाबि सुनेपछि आयोगका कार्यबाहक प्रमुख रामप्रसाद भण्डारीसहित आयुक्तहरू सगुन शमशेर जबरा, जानकी तुलाधर छलफलमा जुटेका छन् । आयोग स्रोतका अनुसार छलफलमा आयोगका सचिव, कानुन र राजनीतिक शाखाका प्रमुख पनि सहभागी रहेका छन् ।  माघ ६ गते मनोनयन दर्ताको समय रहेकाले आयोगले छिटै निर्णय लिने तयारी गरेको हो । 

 

आयोग छलफलमा जुटेसँगै काँग्रेसको देउवा र गगन पक्ष नाराबाजी र धर्नामा उत्रिएको छ ।  आयोग बाहिर दुवै पक्षका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षाकर्मीको उपस्थिति पनि बाक्लो रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार